बैदेशिक रोजगारीका लागि साउदी अरव गएका एक नेपाली मृत्यु भएको भन्दै दाहसंस्कार गरी परिवारले राहत रकम समेत लिइसकेपछि स्वदेश आइपुगेका छन् । मोरङका सुवास तामाङ साउदीमा मृत्यु भएको भनिएको झण्डै दुई बर्षपछि शुक्रवार त्रिभुवन विमानस्थलमा उत्रिए ।
साउदीको हुुण्डाई कम्पनीमा २०७२ बैशाखमा रोजगारीका लागि पुगेका सुवास असारमा दुर्घटनामा परेका थिए । लेवरको काममा गएका उनी तलव बुझेर नेपाल पठाउन जाँदा दुर्घटनामा परेका थिए । सो दुर्घटनामा परेर तीनजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भनें सख्त घाइते भएका दुईजनालाई अस्पताल लगिएको थियो ।
दुर्घटनामा परेर अनुहार चिन्न समेत नसकिने अवस्थामा रहेका सुवास तामाङ र तेजेन्द्र भण्डारीको उपचार अस्पतालमा भइरहेको थियो । उपचारकै क्रममा भोलिपल्ट सुवास तामाङको मृत्यृ भएको जानकारी अस्पतालले कम्पनीलाई गराएको थियो । सोही आधारमा प्रहरीले तामाङको मृत्यु भएको भन्दै साउदी स्थीत नेपाली दुतावासलाई जानकारी गराएको थियो ।
सोही आधारमा साउदीस्थीत नेपाली दुतावासले शव नेपाल पठाउन आवश्यक कागजात बनाइदिएपछि शव नेपाल आइपुगेको थियो । तामाङ परिवारले शव बुझेर दाहसंस्कार गरेको थियो । साउदी अरेवियाबाट शवसँगै आएको कागपत्रको आधारमा आवश्यक प्रक्रिया पुरा गरि तामाङ परिवारले वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट तथा विमा कम्पनीबाट क्षतिपुर्ति रकम लिइसकेको छ ।
भयो के ?
तामाङसँगै दुर्घटनामा परेर बाँच्न सफल भएको भनिएका व्यक्तिको अनुहार अस्पताल भर्ना भएको ३-४ महिना पछि विस्तारै चिनिंदै आउन थाल्यो । उनी विस्तारै बोल्न पनि थाले । अनी सोही कम्पनीमा काम गर्ने साथिहरुले थाहा पाए मृत्यु भएको भनिएका तामाङ जीवित थिए र यसअघि नै सद्गत गरिएको शव थियो तेजेन्द्र भण्डारीको । यो जानकारी उनीहरुले कम्पनी, दुतावास र नेपालमा पठाए । केहि प्रकृया पुरा गरी शुक्रवार नेपाल आईपुगेका सुवासको मस्तिष्कमा गहिरो असर परेपनि हाल उनको मानसिक अवस्था सुधारात्मक रहेको छ ।
कसरी फर्किन सफल भए स्वदेश ?
सुवास जीवितै रहेको जानकारी पाएपछि, परिवारले रामेछाप स्थीत सुरक्षित आप्रवासन सूचना केन्द्रमा उनलाई स्वदेश फर्काइदिन सहयोगका लागि निवदेन दिएको थियो । सो निवेदनको आधारमा सुवासलाई नेपाल फर्काउन र तेजेन्द्रको परिवारलाई न्याय दिलाउन सहयोग गर्न भन्दै सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेश्नल रिलेसन्स(सिएमआइआर) मा प्राप्त भएको सो संस्थाका कार्यक्रम अधिकृत बसन्त घिमिरेले बताए । निवेदन प्राप्त भएपछि साउदीमा रहेको नेपाली दुतावासमा सम्पर्क गरि आवश्यक प्रक्रिया अगाडि वढाउन सहकार्यका लागि आग्रह गरेको उनी बताउँछन् ।
सुवासलाई नेपाल फर्काउन तेजेन्द्रको परिवारलाई सम्पर्क गर्दा क्षतिपुर्ति चाहिने भनेपछि सो कुरा नेपाली दुतावासलाई जानकारी गराएको र सोही आधारमा दुतावासले कम्पनीसँग क्षतिपुर्ति दिन पत्राचार गरेको थियो । सुरुमा कम्पनी १० हजार साउदी रियाल दिन तयार भएपनि भण्डारी परिवारले मानेको थिएन । पछि कम्पनी १५ हजार रियाल(झण्डै ४ लाख) दिन तयार भएपनि सहमति गर्न भण्डारी परिवार राजी भएको हो ।
न्वारन र विहे गर्ने तयारी
मृत्यु भएको भनेर शव नै नेपाल ल्याएर दाहसंस्कार गरिसकेको अवस्थामा श्रीमान स्वदेश फर्किने भएपछि उनलाई लिन सुवासकी श्रीमति सन्तोषि तामाङ आफैं काठमाडौं आउने तयारीमा थिइन् । तर शुक्रवार उनी विमानस्थलमा थिइनन् । कारण, मृत्यु भइसकेको भन्दै काजकिरिया भइसकेको अवस्थामा श्रीमानलाई उनले भेट्नु हिन्दु धर्म अनुसार मिल्दैन भन्ने मान्यता । त्यसैले शुक्रवार सुवासलाई लिन उनका साईंला भाई अम्वर तामाङ काठमाडौं आएका थिए । सुवास माइला हुन् ।
शनिवार दुई दाजुभाई मोरङको लक्ष्मिमार्गमा रहेको घर जान गाडी चढ्दै छन् । अव सुवासलाई घर लगेपछि उनको न्वारन र श्रीमति सन्तोषिसँग पुनः विवाह गर्ने परिवारको योजना छ । देशपरदेशसँगको कुराकानीमा अम्वरले भने माया मारिसकेको दाजुसँग भेट्न पाउँदा निक्कै खुशी छु । दुर्घटनामा परेर मस्तिष्कमा गहिरो चोट लागेका कारण सुवासको स्मरण शक्ति भनें निक्कै कमजोर भएको छ ।
Published date :May 26, 2017
Published on : Deshparadesh

‘Foucaultist power relations’ to denote the failure, and subsequent meaninglessness, of dialectic class. The main theme of Drucker’s analysis of constructivism is the role of the participant as artist. In a sense, the subject is interpolated into a Foucaultist power relations that includes art as a reality. 2. Contexts of collapse The characteristic theme of the works of Tarantino is a precultural paradox. Sontag suggests the use of constructivism to attack capitalism. Therefore, la Fournier implies that we have to choose between precapitalist theory and the substructural paradigm of reality. “Sexual identity is fundamentally unattainable,” says Lacan; however, according to Humphrey , it is not so much sexual identity that is fundamentally unattainable, but rather the collapse, and eventually the failure, of sexual identity. The premise of constructivism suggests that sexuality is elitist. But the subject is contextualised into a precapitalist theory that includes consciousness as a whole. “The strategic adversary is fascism… the fascism in us all, in our heads…