CMIR

From the blog

कुवेतले दिएको आममाफीमा सजिलै सहभागी हुने तरिका (इन्फोग्राफ)

काठमाडौं, माघ २६ – कुवेतले अवैधानिक रुपमा बसिरहेका विदेशीलाई घर फर्कन दिएको समय अब दुई हप्ता बाँकी छ । अवैधानिक रुपमा बसिरहेका विदेशीलाई फर्कन २९ जनवरी देखि २२ फेब्रुवरी (माघ १५ देखि फागुन १०) सम्मको समय दिइएको छ ।

भिसाको म्याद २४ जनवरी २०१८ मा सकिएको र भिसा नलगाई बसेकाले यो आममाफीमा सहभागी हुन पाउँछन् । त्यस्तै कम्पनी वा रोजगारदाताको घरबाट भागेको तथा भागेको भनेर मुद्दा परेकाहरु पनि यस प्रक्रियामा सहभागी हुन सक्छन् ।

आममाफीको समयमा नेपाल फर्किए फेरि कुवेतमा रोजगारी गर्न जान पाइन्छ । आममाफीका बेलामा घर फर्किए ओभरस्टे वापतको जरिवाना समेत तिर्नुपर्दैन ।

अवैधानिक रुपमा बसिरहेका नेपालीलाई घर फर्कने प्रक्रियामा सहभागी हुन सजिलो होस् भनेर दूतावासले शुक्रबार र शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा दिइरहेको छ । यात्रा अनुमतिपत्र तथा अरु परामर्शका लागि आममाफीको समयमा बिदाका दिन पनि कार्यालय खुल्ला गरिएको हो ।

कुवेत सरकारको तथ्याङ्क अनुसार कुवेतमा ४ हजार ५ सयको हाराहारीमा नेपाली कामदार अवैधानिक रुपमा बसिरहेका छन् ।

आममाफीमा को कसरी सहभागी हुन सक्छन् ? के के कागजपत्र चाहिन्छ ? हेर्नुहाेस् इन्फाेग्राफ

 

इन्फोग्राफ सौजन्य : सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स् (सिएमअाइअार)

Published date :Feb 9, 2018

Published on : Ujyaalo Online

8

Years

2300+

Legally Supported

50+

Information Materials developed

30+

Research, Policy papers and Articles published

40+

Interns/fellows from 10 countries and 16 universities benefited