काठमाडौं भदौ २४- टर्कीमा आकर्षक रोजगारीमा पठाइदिने प्रलोभन देखाउँदै राजधानीको एक कन्सल्टेन्सीले धेरै युवाबाट धमाधम रकम उठाइरहेको छ । काठमाडौंको रविभवनमा कार्यालय रहेको ईजी सोलुसन कन्सल्टेन्सीले त्यसरी रकम उठाइरहेको भेटिएको हो ।

 

बैदेशिक रोजगार ऐन २०६४ बमोजिम विभागबाट अनुमति लिएका म्यानपावर कम्पनी बाहेक अन्यले त्यसरी कसैलाई पनि बैदेशिक रोजगारीमा पठाउन पाउँदैनन् । तर त्यसलाई लत्याउँदै सो कन्सल्ट्यान्सले युवाहरुसँग रकम उठाइरहेको हो ।

 

सो कन्सल्टेन्सीबाट सेल्सम्यानको काममा जाने भनेर रकम समेत बुझाइसकेका एक व्यक्ति सुरक्षित बैदेशिक रोजगारीका क्षेत्रमा कार्यरत संस्था सेण्टर फर माइग्रेसन एण्ड इण्टरनेशनल रिलेसन(सिएमआइआर) मा आइपुगेपछि यो घटना जानकारीमा आएको हो । ति युवाले आफूले केहि रकम तिरिसकेको भन्दै सो संस्थाले टर्की पठाउने ईजाजत पाए नपाएको बुझिदिन आग्रह गरेपछि ठगिको घटना बाहिर आएको हो ।

 

सो कन्सल्टेन्सीले देखाएको मागपत्रमा सेक्यूरिटी गार्ड, डाटा इन्ट्री अपरेटर, क्लीनर, फेव्रिक सुपरभाइजर, मार्केटिङ डिपार्टमेण्ट, सेल्स डिपार्टमेण्ट, फड एण्ड वेभरेज डिपार्टमेण्टमा गरी १ सय ९३ जनाको माग उल्लेख छ । त्यसमध्ये सवैभन्दा बढी तलव फेव्रिक सुपरभाइजर र अफिस एसिस्टेण्टमा प्रतिमहिना १३ सय अमेरिकी डलर हुने उल्लेख छ ।

 

दुई वर्ष भिसा म्याद हुने भन्दै सो कन्सल्टेन्सीले प्रतिव्यक्ति न्यूनतम ३ लाख देखि बढीमा ८ लाखसम्म असुलेको आवेदन दिएका युवाहरुले बताएका छन् । “मलाई मेरो एजेण्टले सेल्सको काममा जान ५ लाख लाग्ने बताएपछि मैले एक लाख बुझाएको छु र बाँकी रकम श्रम स्वीकृति भएपछि दिने भनेको छु, अव मेरो रकम कसरी फिर्ता गर्ने हो” सहयोगको आग्रह गर्दै सिएमआइआरको कार्यालयमा भेटिएका एक युवा भन्दै थिए । उनले आफ्नो रकम डुवेका कारण फिर्ता लिन सकिने अपेक्षा सहित नाम भनें सार्वजनिक गर्न मानेनन् ।

 

रकम दिएका युवाका अनुसार अन्तर्वार्ता यसअघि नै सकिइसकेको र बाँकी रहेको पदमा मात्र मान्छे पठाउने भएका कारण अन्तर्वार्ता दिन जरुरी नरहेको कन्सल्टेन्सीका आफूलाई मुख्य सञ्चालक बताउने विरु लामाले बताएका थिए । उनले एक महिना भित्रमा टर्की उडाइसक्ने भन्दै रकम तयार राख्न अह्राएको उनले बताए ।

 

पीडित युवाहरुका अनुसार उनीहरुलाई बालाजुको एक मेडिकल सेण्टरमा लगेर झण्डै एक महिना अघि स्वास्थ्य परिक्षण पनि गराइसकिएको छ ।

 

ति युवाको सुचनाकै आधारमा आफू समेत टर्की जाने भन्दै देशपरदेशले गरेको टेलिफोन सम्पर्कमा विरु लामाले पहिले आएको डिमाण्ड पुरा भइसकेको र अव नयाँ डिमाण्ड आएपछि सम्पर्क गर्ने बताए । “हामीसँग झण्डै सयजनाको डिमाण्ड थियो, त्यो सक्कियो अव अर्कोचोटीलाई प्रयास गर्नुस्” विरुले भने । कन्सल्टेन्सीबाट पनि विदेशमा काम गर्न जान मिल्छ र भन्ने प्रश्नमा उनले यो माग ट्रिपलस्टार म्यानपावरको भएको र आफूले सम्पर्क मात्र गराइदिएको दावी गरे ।

 

उनले भनेको ट्रिपलस्टार म्यानपावर कम्पनीले भनें कामदार टर्की पठाउने काम गर्दैन । सो म्यानपावरका सञ्चालक हरिकाजी गुरुङले आफ्नो कम्पनीले केवल साउदी र कतारमा मात्र कामदार पठाउने गरेको बताएका छन् । “न हामी टर्कीमा कामदार पठाउँछौं, न त विरु लामा र ईजि कन्सल्टेन्सी नै चिनेका छौं” उनको भनाई छ ।

 

कसरी पत्ता लाग्यो ठगि ?

 

आफूलाई टर्की पठाइदिन्छु भन्ने कन्सल्टेन्सीको विश्वासमा परेका एक युवा आफन्तले ठगिमा पर्न सक्ने भन्दै सतर्क गराएपछि सहयोग खोज्दै सिएमआइआरको कार्यालयमा आइपुगेका थिए । उनले दिएको जानकारी अनुसार सो संस्थाले विभिन्न देशमा रहेका नेपाली दुतावासहरु र टर्कीमा रहेको मागपत्रमा देखाइएको कम्पनीमा ईमेल मार्फत सम्पर्क ग¥यो ।

विभिन्न देशमा रहेका नेपाली दुतावासले यस्ता मागपत्र नक्कली हुने भन्दै सतर्क गराए भनें कम्पनीले आफूले नेपालमा कुनै कम्पनीसँग कामदार नमगाएको प्रष्ट पा¥यो । त्यसपछि यो ठगि भएको पुष्टि भएको थियो ।

TO SUBSCRIBE

4

1500+

25+

15+

30

Years

Legally

Supported

IEC

Materials 

Articles

Published

Scholarships

Given