CMIR

From the blog

बैदेशिक रोजगारीमा गएका व्यक्तिका छोराछोरीलाई छात्रबृत्ति

बैदेशिक रोजगारीमा गएका व्यक्तिका बालबालिकालाई लक्षित गर्दै छात्रबृत्ति अभियान सुरु गरिएको छ । सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था सेण्टर फर माइग्रेसन एण्ड ईण्टरनेशनल रिलेसन(सिएमआइआर) ले छात्रबृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको हो ।

अभियान अन्तर्गत पहिलो चरणमा रामेछाप, मकवानपुर, नवलपरासी, सल्यान र लमजुङ गरी पाँच जिल्लाका ३० जना विद्यालय तहका बालबालिकाले यो छात्रबृत्ति पाउँदैछन् । यसलाई विस्तार गरी २ सय बालबालिकामा पुर्याउने लक्ष्य राखिएको छ ।

छात्रबृत्ति प्राप्त गर्ने बालबालिका मध्ये प्राथमिक तहमा अध्ययनरतले बार्षिक १० हजार, निमावि तहमा अध्ययनरतले १२ हजार ५ सय तथा मावि तहमा अध्ययनरतले १५ हजार प्राप्त गर्नेछन् । सिएमआइआरका कार्यक्रम अधिकृत बसन्त घिमिरेका अनुसार यसले कामको शिलशिलामा विदेशमा मृत्यु भएका, वेपत्ता भएका र गम्भिर स्वास्थ्य समस्यामा परी नेपाल फर्किएका आप्रवासी कामदारको परिवारका बालबालिकाहरुलाई शिक्षा सुचारु गर्न वा पूरा गर्न मद्धत गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी बैदेशिक रोजगारीमा गएका व्यक्तिका छोराछोरीले पनि अशिक्षित भएर जीवनयापनका लागि वैदशिक रोजगारीलाई नै अंगाल्नु पर्ने बाध्यता नआओस् भन्ने उद्धेश्य समेत राखिएको घिमिरेले बताए ।

परिवारको कुनै सदस्य आप्रवासी कामदारको रुपमा काम गरेको, आप्रवासी कामदारको रुपमा नेपाल सरकारबाट स्वीकृती प्राप्त तेस्रो मुलुकमा रहेर वा रोजगारीबाट फर्केको एक वर्षको अन्तरालमा स्वदेशमा मुत्यु भएको अथवा गम्भिर रुपमा स्वास्थ्य समस्या परेको व्यक्तिका बालबालिकाले छात्रबृत्ति पाउनसक्नेछन् । यसैगरी लामो समय देखि परिवारबाट सम्पर्कविहिन भएका कामदारको परिवारका छोराछोरीले पनि यस अभियानमा विशेष प्राथमिकता पाउने घिमिरेले बताए । सरकारी विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी मध्येबाट छनौट गरी छात्रबृत्ति प्रदान गरिनेछ ।

अनलाइन मार्फत सहयोग रकम संकलन गरी यो अभियान चलाइएको हो । अभियानमा सहयोग गर्न इच्छुक व्यक्तिलाई सहयोगका लागि पनि संस्थाले आव्हान गरेको छ । त्यसका लागि संस्थाको वेभसाइट http://cmir.org.np/index.php/campaings/education-campaign मा गएर थप जानकारी लिन सक्नेछन् ।

छात्रबृत्तिका लागि आवेदन दिन चाहने विद्यार्थीले सोही वेभसाइटबाट आवेदन फारम डाउनलोड गरी भरेर बुझाउन पनि संस्थाले आग्रह गरेको छ ।

देश परदेशमा डटकम बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5

1800+

30+

20+

25+

Years

Legally Supported

Information Materials developed

Research, Policy papers and Articles published

Interns/fellows from 10 countries and 16 universities benefited